काँग्रेसको आक्रोशः मूल्य वृद्धिको विरोध गरेका कार्यकर्तालाई सरकारले दमन गर्यो

काठमाडौँ, असार १२ । काँग्रेस नेता डा. मिनेन्द्र रिजालले मूल्य बृद्धिको विरोध गरेका आफ्ना पार्टीका कार्यकर्तालाई सरकारले दमन गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । चीन भ्रमणबारे प्रधानमन्त्रीको संसद सम्बोधनमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस नेता रिजालले सरकारले आफ्ना कार्यकर्तालाई दमन गरेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

साथै उनले मन्त्रीहरुले कानून मिचेर जथाभावी गर्ने गरेको भन्दै नियन्त्रण गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव समेत दिएका छन् ।

गृहमन्त्री रामबहादुर थापा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी र कानून मन्त्री शेरबहादुर तामाङले कानून मिचेर कर्मचारी र सर्वसाधारणलाई समेत आतंकित बनाएको भन्दै रिजालले मन्त्रीहरुलाई नियन्त्रणमा राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा खर्च कटौतीको प्रस्ताव पेश गर्दै नेता रिजालले गृहमन्त्री थापाले कानून मिचेर ठेकेदारहरुलाई कारबाही गर्ने गरेको भन्दै आपत्ति जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + five =