तेल ग्यास अन्वेषण र पेट्रोलियम पदार्थ भण्डारणका लागि चीनले सहयोग गर्ने

“
काठमाडौँ, असार १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ नेतृत्वले नेपालको राजनीतिक उपलव्धिलाई बधाइ दिँदै नेपाल सरकार र नेपालको विकासलाई नयाँ उचाइमा पुर्याउने आशा व्यक्त गरेको बताएका छन् ।
आफ्नो चीन भ्रमणबारे मंगलबार प्रतिनिधिसभामा जानकारी दिँदै प्रधानमन्त्री ओलीले चीन भ्रमण उपलब्धिमुलक हुनुका साथै आफुसँगको भेटमा चिनियाँ राष्ट्रपति तथा नेतृत्वले नेपाललाई विकासको उचाइमा पुर्याउने आशा व्यक्त गरेको बताएका हुन् ।
साथै प्रम ओलीले विकासका प्रयासमा छिमेकीको सहयोग लिइ छिमेकीको प्रगति र उन्नतिबाट लाभ लिन चाहेको बताए।
उनले भने, हामी भित्र र बाहिरवाला कुरा गर्दैनौं। दुई छिमेकीका बीचमा असमझदारी हटाउनेमा प्रयासरत छौं। हामी यता वा उता ढल्किने गर्दैनौं, हामी पञ्चशीलका आधारमा, राष्ट्रिय हित र अन्तर्राष्ट्रिय उत्तदरायित्व हेरे अगाडि बढ्छौं।’
प्रधानमन्त्री ओलीले चीन भ्रमणबाट सम्बृद्ध नेपाल र सुखी नेपाली अभियान सफल हुने विश्वास रहेका बताए । उनले भने, वान वेल्ट वान रोडमा सहमति हुनुका साथै ट्रान्स हिमालयनको फ्रेमवर्कमा रेवले, हवाएमार्ग सञ्चारसग सहमति भएको छ ।
साथै प्रम ओलीले केरुङ, रसुवागडी रेलमार्ग सहयोग हुनुका साथै लुम्बिनीसम्म रेलमार्ग पुर्याउन आधार तयार हुने बताए । उनले यो सवैभन्दा उच्च सहमति भएको र नयाँ आयाम थपिने दुवै देशको विश्वास रहेको बताए ।
पुर्वधार विकासमा, स्थल यातायात, उत्तरदक्षिण यातायातका लागि दुवै देश सहमत भएको छ। जसमा कोसी, गण्डकी करिडोर अध्ययन अघि बढ्नेछ, उनले भने ।
उनका अनुसार, सीधा हवाई सेवा सञ्चालनका लागि दुवै पक्ष सहमत छ, हिल्सा पुल, रसुवामा पुल निर्माणमा सहमति भएको छ, तेल ग्यास अन्वेशषण र पेट्रोलियम पदार्थ भण्डारणका लागि चीनले अध्ययन गरी सहयोग गर्ने जनाएको छ ।
प्रतिनिधिसभामा बोल्दै प्रम ओलीले चीन र भारतबीचको सम्बन्धबारे उचाल्ने र पछार्ने काम भइरहेपनि सरकार दुवै छिमेकी मुलुकलाई समान व्यवहार गर्ने बताए ।
“








