विश्वकप फुटबल: आजपनि अन्तिम चरणका चार खेल हुने (समयतालिका सहित)

काठमाडौं, असार १२ । विश्वकप फुटबलमा अन्तर्गत आज (मंगलबार) पनि समुह चरणका अन्तिम खेलहरु हुदैछन् । समुह सी र डीका अन्तिम चरणका खेलहरु आज हुन लागेका हुन् ।

समुह सी अन्तर्गत आज अष्ट्रेलिया र पेरु तथा डेनमार्क र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ । समुह चरणका दुवै खेलमा जित निकालेर फ्रान्स ६ अंक सहित नकआउट चरण पुगिसकेको छ ।

मंगलबारको खेलले फ्रान्सले जित निकालेको खण्डमा उसले समुह विजेताको हैसियतमा नकआउट चरणमा प्रवेश पाउनेछ ।

डेनमार्कले फ्रान्सलाई हराउन सके, नकआउट चरण पुग्नुकासाथै समुह विजेता समेत बन्नेछ । डेनमार्कको पराजयले अष्ट्रेलियाको नकआउट चरणको गणितिय सम्भावना बाँकनै रहन्छ । त्यसकालागि डेनमार्कले पेरुलाई फराकिलो अन्तरले हराउनुपर्नेछ ।

त्यस्तै समुह डी अन्तर्गतको खेलमा नाईजेरिया र अर्जेन्टिना तथा आईसल्याण्ड र क्रोयसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ ।

नकआउट चरण प्रवेश गरिसकेको क्रोयसियाको लक्ष्य समुह चरणको विजेता बन्नुहुनेछ । तर नाईजेरिया, आईसल्याण्ड र अर्जेन्टिनाको नकआउट चरण प्रवेशको सम्भावना जिवितै छ ।

तीनवटै टोली समुह चरणको अन्तिम खेलमा जित निकाल्दै क्वार्टरफाईनलको यात्रा तय गर्ने लक्ष्यमा हुनेछन् । नकआउट चरणमा पुग्न अर्जेन्टिनालाई फराकिलो अन्तरको जित मात्र आवश्यक हुने छैन । अर्को खेलमा क्रोयसियाले आइसल्याण्डलाई हराएको कामना समेत गर्नुपर्नेछ ।

समुहको शीर्ष स्थानमा रहेको क्रोयसियाको ६ अंक छ । दोस्रो स्थानको नाईजेरियाको ३ र तेस्रो स्थानको आईसल्याण्डलको १ अंक छ । अर्जेन्टिना एक अंक सहित तालिकाको पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *