उरुग्वे समुह विजेता बन्दै नकआउट चरणमा

काठमाडौं, असार ११ । विश्वकप फुटवलको आज सम्पन्न उरुग्वे र आयोजक रुस विचको खेलमा उरुग्वे समुह विजेता हुँदै दोस्रो चरणमा प्रवेश गरेको छ ।

दुई पटकको पुर्व च्याम्पियन उरुग्वे आयोजक ररुसलाई ३–० गोल अन्तरले पराजित गर्दै समूह विजेता बन्दै जारी विश्वकपको दोस्रो चरण पुगेको हो ।

समूह ‘ए’ अन्तर्गत आफ्नो तेस्रो तथा अन्तिम खेलमा सोमबार घरेलु टोली रुसलाई ३–० ले पराजित गर्नेक्रममा उरुग्वेका स्टार लुइस स्वारेज र एडिन्सन काभानीले गोल गरेका थिए । एक गोल उरग्वेले उपहार (आत्मघाती) गोल प्राप्त गरेको थियो ।

पराजित रुस उपविजेताका रुपमा नक आउट चरणमा पुगेको छ । दुवै टोलीले अघिल्ला दुवै खेल जितेर प्रिक्वाटरफाइनलमा स्थान बनाएका थिए ।   

खेलको १० औं मिनेटमा स्वारेजले फ्रिकिकमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । २३ औं मिनेटमा उरुग्वेका डिएगो लजाल्टको प्रहार रोक्ने प्रयाश गर्दा रुसका डेनिस चेरिसेभबाट आत्मघाती गोल भएको थियो । ३६ औं मिनेटमा रुस १० खेलाडीमा सिमित भएको थियो । इगोर स्मोलनिकोभ दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएका थिए । उरग्वेका लागि अन्तिम गोल एडिन्सन काभानीले ९० औं मिनेटमा गरेका थिए ।

उरुग्वेले पहिलो खेलमा इजिप्ट र दोस्रो खेलमा साउदी अरबलाई समान १–० गोलले हराएको थियो । रुसले पहिलो खेलमा मोरक्कोलाई १–० गोलले तथा दोस्रो खेलमा इजिप्टलाई ३–१ गोलले हराएको थियो ।

उरुग्वेले समूह ‘बी’को उपविजेता र रुसले समूह ‘बी’को विजेतासँग प्रतिस्पर्धा गर्ने छ । समूह ‘बी’मा दुई खेलपछि पोर्चुगल र स्पेनको समान चार अंक छ । इरानको तीन अंक छ भने मोरक्कोले अंक जोड्न सकेको छैन ।

समूहको अन्तिम खेलमा सोमबार राती पोर्चुगलले इरान र स्पेनले मोरक्कोको सामना गर्दै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =