नेपाल आइडलकी सन्ध्या जोशीको नयाँ गीत मिर्मिरे सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाल आइडल सिजन वानबाट चर्चामा आएकी गायिका सन्ध्या जोशीको नयाँ गीत मिर्मिरे सार्वजनिक भएको छ ।

नेपाल आइडलमा उत्कृष्ट नौ मा पुग्न सफल भएकी गायिका जोशीले यसअघि २ वटा गीत सार्वजनिक गरिसकेकी छन्। सन्ध्याले गाएको यस गीतमा प्रशन्न घिमिरेको शब्द तथा मनोज थापा मगरको संगीत रहेको छ।

पोखराका रमणीयस्थलमा छायांकन गरिएको गीतको भिडियो निर्देशन मोडल सुदित श्रेष्ठले नै गरेका छन् । यस गीतलाई शुक्रबार नै युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

भिडियो गीत यस्तो छ :

https://youtu.be/lsKFuKzDVWI”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =