कोस्टारिकासँगको भिडन्तमा ब्राजिल, सर्वाधिक विजेतालाई नकआउट चरणकै चिन्ता !

काठमाडौँ, असार ८ । विश्वकप फुटबलमा आज साँझ ब्राजिलले कोस्टारिकाको सामना गर्दै छ । आफ्नो पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको ब्राजिल आज (शुक्रबार) कोस्टारिकालाई पराजित गर्दै नकआउट चरणको संभावनालाई बलियो बनाउन चाहन्छ ।

समूह ई मा बलियो मानिएको ब्राजिल पहिलो खेलको नतिजाका कारण दवावमा छ । यो समूहमा पहिलो खेलमा सर्बियाले जीत निकाल्दै ३ अंक बटुलेकाले उसको अघिल्लो चरणको संभावना बलियो छ ।

तर स्वीट्जरल्याण्ड र ब्राजिलसँग सर्बियाले खेल्न बाँकी छ । आजै राती उसले स्वीट्जरल्याण्डको सामना गर्दैछ । यो खेलमा जीत निकाल्न सके सर्विया एक खेल अघिनै नकआउट चरणमा प्रवेश गर्नेछ । तर हारे ब्राजिल र स्वीट्जरल्याण्डको संभावना बढी हुन्छ ।

ब्राजिल

ब्राजिल फिफा बरियतामा दोस्रो नम्बरमा छ । उ विश्वकपको सर्वाधिक विजेता पनि हो । ब्राजिलले पाँच पटक विश्वकप जितेको छ । छनोट चरणमा लगातार ९ खेलमा जित निकाल्दै ब्राजिल विश्वकपमा छनौट हुने पहिलो टिम बनेको हो । सन् २०१७ को मार्च २८ मा पाराग्वेलाई ३–० ले हराएपछि ब्राजिलले विश्वकपमा स्थान पक्का गरेको थियो ।

ब्राजिलले २० पटक विश्वकप खेलेको छ । सन् १९३० मा पहिलो पटक विश्वकपमा सहभागी भएर ब्राजिलले विश्वकपको यात्रा सुरु गरेको थियो । पछिल्लो पटक उसले सन् २०१४ मा विश्वकपको आयोजना पनि गर्यो ।

सन् १९३० देखि विश्वकपमा सहभागी हुन थालेको ब्राजिलले त्यसको २८ वर्षपछि उपाधि उचाल्यो । उसले सन् १९५८ मा पहिलो पटक विश्वकपको उपाधि जितेको थियो ।

त्यसपछि १९६२, १९७०, १९९४ र २००२ मा ब्राजिल विश्व विजेता बन्यो । २००२ यता भने ब्राजिलले उपाधि चुम्न सकेको छैन । २० सहभागितामा ११ पटक सेमिफाइनलमा पुगेको ब्राजिलले सातपटक फाइनल खेलेको छ । त्यसमा पाँचपटक विजेता नै बनेको छ ।

नेइमार

गत सिजनको लिगमा घुँडाको चोटका कारण लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका नेइमार विश्वकपको पहिलो खेलमा स्वीट्जरल्याण्ड विरुद्ध खेलेका थिए । 
तर त्यसपछिको आन्तरिक अभ्यासमा घुँडाको चोड बल्झिएको भएतापनि उनी आजको खेलमा रहने छन् । यद्यपी प्रशिक्षक टिटेले भने नेइमान फिट रहेको दावी गरेका छन् ।

ब्राजिलको टिममा नेइमार प्रमुख खेलाडी हुन् । जुन विगतले पनि प्रस्ट्याइ सकेको छ । २०१४ को विश्वकपमा ब्राजिलको टोली उच्च लयमा थियो । तर क्वाटर फाइनलमा नेइमार चोटका कारण बाहिरिए ।

भलै त्यो खेल घरेलु टोली ब्राजिलले जित्यो र सेमिफाइनलको यात्रा तय गर्यो । तर सेमिफाइनलमा नेइमारबिना जर्मनीविरुद्ध उत्रिएको ब्राजिलको खेल इतिहासमै बिर्सिन लायकको बन्यो । शुक्रबार नेइमारबिना मैदान आउँदा ब्राजिलियन टोलीले लय समात्ला या गुमाउला यो चिन्ता धेरैमा छ । यद्यपी यो विश्वकपमा टोलीमा नयाँ स्टारहरु थपिएका छन् ।

कोस्टारिका

फिफा वरियतामा कोस्टारिका २३ औं स्थानमा छ । यो उसको पाँचौं विश्वकप यात्रा हो । १९९० मा पहिलो पटक विश्वकप खेलेको कोस्टारीकाले अघिल्लो विश्वकपमा क्वाटर फाइनलसम्म पुगेर सबैलाई चकित बनाएको थियो । यो नै उसको अहिलेसम्मको ठूलो सफलता हो । तर यो विश्वकपको पहिलो खेलमा सर्वियासँग पराजित भएको छ । उ अंकबिहिन छ । ब्राजिलविरुद्ध उ अंकको खोजिमा हुनेछ ।

यसअघिका चार सहभागितामा यो टिम दुई पटक नकआउट चरणमा पुगेको छ । सन् २०१४ को विश्वकपमा कोस्टारिका अन्तिम ८ मा पुगेको थियो भने सन् १९९० मा अन्तिम १६ सम्मको यात्रा तय गरेको थियो ।

यो टिम पेनाल्टी सुटआउट बाहेक सन् २०१४ को विश्वकपमा अपराजित रहने जर्मनी र नेदरल्याण्डससहितको टिम हो ।

कोस्टारिकाले यसअघिका चार विश्वकपमा तीन विश्वकपका आफ्नो पहिलो खेलमा जित निकालेको थियो । सन २००६ को विश्वकपको पहिलो खेलमा कोस्टारिका जर्मनीसँग ४–२ ले हारेको थियो । कोस्टारिकाले सन् १९९० मा पहिलो पटक विश्वकप खेलेको थियो ।

त्यो बेलाका छनौट चरण र विश्वकपका सबै खेलमा पूरा समय खेलेका ओस्कार रामिरेज अहिले प्रशिक्षकको भूमिकामा छन् । प्रशिक्षकका रुपमा उनको यो पहिलो विश्वकप हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *