मोटरसाइकलको ठक्करले ५८ वर्षीय परियारको मृत्यु
२०७४ जेठ १५ गते

“
बाँके, असार ८ । बाँके जिल्लाको कोहलपुरमा मोटरसाइकलको ठक्करले एक जनाको मृत्यु भएको छ ।
पसर्वपश्चिम राजमार्गअन्तर्गत कोहलपुर–तिनघरुवा किरण नाला नजिकै बासगढीतर्फ जाँदै गरेको बा ७४ प ४३५७ नम्बरको मोटरसाईकलले पैदल यात्री कोहलपुर ५ का टेलर व्यवसायी ५८ वर्षीय सर्पे परियारको मृत्यु भएको हो ।
गएराति ९ बजे बाटो काट्ने क्रममा मोटरसाईकलको ठक्करले गम्भीर घाईते परियारको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दुर्घटनामा मोटरसाईकल चालक बासगढी ६ का ३८ वर्षीय दन्ननाथ बुढाथोकी घाइते भएका छन् ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








