विशाल अजिंगरको पेटमा भेटिइन् ५४ वर्षीय महिला ! यस्तो छ कहानी

इन्डोनेशियामा ५४ वर्षीय एक महिलालाई  अजिंगरले निलेको छ । आठ मीटर को विशाल अजिंगर देखेर तब अधिक हैरान भयो, जब उसको फुलेको पेटमा एक इन्डोनेशियाली महिला मृत भेटिइन् ।

वास्तवमा, महिला लामो समयदेखि बेपत्ता थिइन् र परिवारजन उसको खोजतलाशमा चिन्तित थिए । पुलिसले बताए कि इन्डोनेशियाकी महिला आफ्नो तरकारी बगैँचा रेखदेख गरिरहेकी थिइन्, त्यसपछि उनी अचानक गायब भइन् । खोज्दै जाँदा उनी एक विशाल अजिंगरको पेटमा भेटिइन् ।

महिलाको खोज्ने क्रममा गाउँलेहरुले एक अजिंगर देखे, जसको पेट फुलेको थियो । त्यो देखेर उनीहरुमा सन्देह भयो कि हुन सक्छ महिलाको यहि अजिंगरले निल्यो । त्यसपछि जब अजिंगरको पेट फाडियो, तब त्यसबाट ५४ वर्षीय वा तिबाको मृत शरीर भेटियो ।

गाउँलेहरुले महिला तिबाको स्यान्डलदेखि करिब ३० मीटरको दूरीमा अजिंगर भेटेका थिए । भनिन्छ कि, इन्डोनेशिया र फिलिपिन्समा सामान्यतया ६ मिटर लामो अजिंगर पाइन्छ ।

एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =