नृत्य प्रतियोगिता : मेगा राउन्डबाट ग्राण्ड फिनालेका लागि १६ जना छानिए

काठमाडौँ,असार, ३ । नेपाल भरिबाट ५०० जना भन्दा बढि प्रतियोगीले भाग लिएको See Dance Championship  2018 अन्तर्गत पहिलो चरणमा छानिएका ३४ जना मध्ये मेगा राउन्डबाट ग्राण्ड फिनालेका लागि १६ जना छानिएका छन् ।

छानिएका १६ जना प्रतियोगीहरुको असार २३ गते शनिबार राष्ट्रिय नाचघरमा ग्राण्ड फिनाले हुनेछ । उक्त नृत्य प्रतियोगिताको कन्सेप्ट डाइरेक्टर तथा मुख्य निर्णायक चर्चित डान्स कोडियोग्राफर महेश गोदार हुन् ।

यो प्रतियोगिताको मेगा राउन्डको निर्णायकमा छमछमी सिजन २ का विजेता साजन तामाङ , छमछमी सिजन ३ का विजेता सरोज प्रजा र वरिष्ठ नृत्य निर्देशक प्रेम श्रेष्ठ छन् ।

यही प्रतियोगिताको ग्राण्ड फिनालेमा निर्णायकको लागि छमछमी सिजन १ कि विजेता अनुजा अग्रवालको पनि उपस्थित रहनेछ ।
बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले आयोजना गरेको उक्त प्रतियोगितामा पहिलो विजेताले ५०,००० , दोस्रो विजेताले ३०,००० र तेस्रो विजेताले २०,००० पाउने छन् ।

साथै टेक्सस् इन्टरनेश्नल कलेजमा ५ जना , ग्यलेसियर इन्टरनेश्नल कलेजमा ३ जना ( ड्रेस सहित ) ,सेन्ट लरेन्स कलेजमा १ जना, जय मल्टिपल क्याम्पसमा १ जना र रिलाईन्स इन्टरनेश्नल कलेजमा १ जनालाई गरि ११ लाई +२ सम्म र द इनसाईड भिजन कलेजमा २ जनालाई ब्याचलर सम्म गरि जम्मा १३ जना उत्कृष्ट फाइनलिस्टलाई पुरा छात्रवृत्तिको व्यवस्था गरिएको छ ।

उत्कृष्ट पाँच जनालाई राष्ट्रिय नाच घरमा ६ महिना नृत्य प्रशिक्षणमा छात्रवृत्ति पाउने कुरा बज्रयोगिनी डान्स एण्ड म्युजिक एकेडेमीका संचालक महेश गोदारले बताएका छन् ।

नृत्य मनोरञ्जन मात्र नभई औपचारिक शिक्षा पनि हो । नृत्य विषय लिएर पढ्न , आत्मनिर्भर हुन र नृत्यबाट नै जीवनस्तर उठाउन सकिन्छ भन्ने तथ्य सावित गर्ने उदेश्यका साथ नृत्यको आयोजना गरिएको आयोजकले जनाएको छ ।

१६ जना प्रतियोगीहरुका नाम यसप्रकार छन् :
१ मनिसा खाति (माण्डु एकेडेमी )
२ सुदिक्षा दाहाल (डेफोडीएल पब्लिक स्कुल )
३ सरिता सिग्देल (प्राक्सिस ईन्टरनेश्नल स्कुल )
४ सारा दर्नाल (एकता जेम्स एकेडेमी )
५ स्वस्थानी तामाङ ( जोन एकेडेमी )
६ मनिता चौलागाईं ( जुगल इङलिस मिडियम एकेडेमी )
७ सुरेन्द्र सेढाई ( महेन्द्र सेकेन्डरी स्कुल )
८ अनु राज शाक्य (श्री ज्ञानोदय मा. वि.)
९ विवेक थापा मगर ( दावन चिल्ड्रेन इङलिस स्कुल )
१० प्रवेश खड्का ( न्यू भिजन एकेडेमी )
११ ईश्वर लामा ( समता शिक्षा निकेतन)
१२ स्वस्तिका बस्नेत (इस्ट पोल हाइयर सेकेन्डरी स्कुल )
१३ अन्जना गुरुङ (कंचनजंगा एकेडेमी )
१४ समृद्वि पाण्डे (डाइमण्ड एकेडेमी )
१५ दिपिका तामाङ (श्री कुमारी सेकेन्डरी स्कुल)
१६ स्वेता श्रेष्ठ (त्रिभुवन हाईयर सेकेन्डरी स्कुल)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *