अनेरास्ववियु क्रान्तिकारीद्वारा शैक्षिक हड्ताल, देशभरका विद्यालयको पठनपाठन प्रभावित
२०७४ जेठ १५ गते

“
काठमाडौं, असार ३ । आफ्ना कार्यकर्तालाई झुटा मुद्दा लगाएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी)ले शैक्षिक हड्ताल गरेको छ। हड्तालले देशभरका विद्यालयको पठनपाठन प्रभावित भएको छ।
देशभरका सबै विद्यालयमा हड्ताल गरिएको अनेरास्ववियु (क्रान्तिकारी)ले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलगायतका नेता तथा कार्यकर्तालाई देशका विभिन्न स्थानबाट गैह्रन्यायिक तवरबाट पक्राउ गरी झुटो मुद्दा लगाइएकोले उनीहरुको निशर्त रिहाइको माग गर्दै आज एक दिनको लागि शैक्षिक हड्ताल गरिएको अनेरास्ववियु (क्रान्तिकारी)ले जनाएको छ।
आफ्ना कार्यकर्ता छुटाउन विद्यालय बन्द गराउँदा लाखौँ विद्यार्थीको पठनपाठन प्रभावित भएको छ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया








