रौतहटमा हिले वर्षा: किसान चिन्तित

रौतहट, असार २ । रौतहटमा हिले वर्षात् भएपछि किसानहरु चिन्तित भएका छन् । वर्षात्का क्रममा वायु प्रदुषणका कारण हिलो मिसिएको पानी परेपछि बालीनाली बिग्रने चिन्ता किसानहरुमा देखिएको छ ।

तराई क्षेत्रमा बढेको अत्याधिक गर्मी र वायुमण्डलमा भएको धुलोका कारण सिमसिमे पानीसँंगै यस्तो देखिनु सामान्य रहेको मौसमविद्हरुको भनाई छ । दुई तीनपटक लगातार पानी परेपछि यस्तो समस्या नआउने मौसम विज्ञहरुले बताएका छन् ।

हिले वर्षातले बालीनालीमा कुनै समस्या नपाने भएकाले चिन्ता गर्नु नपर्ने कृषिविज्ञ राज नारायण यादवले बताउनुभयो । तर सिमसिम पानीसँगै परेको हिलोले बोट विरुवाको पातमा रहेको छिद्र ढाक्ने र विरुवालाई खाना बनाउन समस्या हुन सक्ने विज्ञहरुले बताएका छन् ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *