वडाध्यक्षहरु नै विजुली चोर, चोर्दाचोर्दै २ वडाध्यक्ष पक्राउ
२०७४ जेठ १५ गते

“
काभ्रे, असार १ । विजुली चोरीमा संलग्न काभ्रेका दुई वडाध्यक्षहरु पक्राउ परेका छन् । चोरी नियन्त्रणका लागि खटिएको नेपाल विद्युत प्राधिकरणको टोलीले विजुली चोरीमा संलग्न दुई वडाध्यक्षलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर नगरपालिका ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका ५ का वडाध्यक्ष रामानन्द चौधरी रहेका छन् ।
गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुन, गृह सचिव प्रेमकुमार राई, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाललगायतको बैठकले विजुली चोरी नियन्त्रणलाई परिणाममुखी रुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








