बिचौलियासँग घाँटी जोड्ने भ्रष्ट कर्मचारीको सूची तयार हुँदैछ– कृषिमन्त्री खनाल

काठमाडौँ, असार १ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ले नापी कार्यालयमा सुधारको प्रयास गरिएको दाबी गरेका छन् ।

भूमि नीति तर्जुमाका लागि सरोकारवालासँग काठमाडौंमा भएको परामर्श गोष्ठीमा बोल्दै मन्त्री खनालले मालपोत र नापी कार्यालयमा बिचौलियासँग घाँटी जोड्ने भ्रष्ट कर्मचारीको गोप्य सूची तयार गरिरहेको बताए ।

भूमि सम्बन्धी नयाँ नीति ल्याइन लागेको जानकारी दिँदै उनले जग्गा प्लटिङमा बिचौलैया र दलाली प्रवृत्ति अन्त्य गर्ने बताए । ‘आवासयोग्य जग्गा खरिद बिक्रीको लागि वैधानिक कम्पनीमार्फत हुने गरी कर प्रणालीमा ल्याइने भन्दै उनले भने, ‘अब कोही ठगिनु पर्दैन ।

अब कुनै पनि नागरिक सुकुम्बासी हुनु नपर्ने उनको भनाइ थियो । जमिनलाई नयाँ तरिकाले वर्गीकरण गरी कार्यान्वयन गरिने र कृषियोग्य जमिनमा घर बनाउन नदिइने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =