सर्दुखोलामा पक्की पुल धमाधम बन्दै, स्थानियबासी हर्षित

धरान, जेठ ३१ । लामो समयको प्रयासपछि सुनसरीको धरान–१७ स्थित सर्दुखोलामा निर्माण थालिएको पक्की पुल धमाधम बन्दैछ ।

स्थानीय जनप्रतिनिधी धरान–१७ का वडा अध्यक्ष सूर्यबहादुर भट्टराई (मनोज) सहितको टोलीले मन्त्रीलाई नै पुगी पुल निर्माणका लागि बजेट छुट्याउन आग्रह गरेको थियो ।

सो आग्रहपछि पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले टेण्डर प्रक्रिया गरेको थियो । ४३ वटा पुल निर्माणको जिम्मा पाएको रसुवा कन्ट्रक्सनलाई धरान र बराह नगरपालिकालाई जोड्ने सर्दु खोलाको पुल निर्माण कार्य पहिलो प्रथमिकतामा राख्न मन्त्रालयले निर्देशन गरेको वडा अध्यक्ष भट्टराईले जानकारी दिएका छन् ।

सर्दुखोलामा बन्ने पुल २५० मिटर लामो र ११ मिटर चौडाईको तथा ठकुरी खोलामा २५ मिटरको पुल बन्नेछ भने पट्नाली खोलामा ५० मिटर लामो पुल बन्ने भएको छ ।

यो पुलका लागि रसुवाले ३५ करोडमा ठेक्का पाएको हो भने स्थानीय तहको प्रतिबद्धता कार्यान्वयन गर्न वडा अध्यक्ष भटराई (मनोज) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगी यथासक्य पुनः निर्माण गर्न ज्ञापनपत्र समेत बुझाएको बताएका थिए ।

वडाअध्यक्ष भट्टराई लगायतको टोलीले वर्षा अघि नै पुल निर्माण सक्न निर्देशन दिएपनि हाल काम सुस्त गतिमा हुँदैछ । पुल बन्ने भएपछि धरानका स्थानीयवासीमा खुशी छाए पनि वर्षा अलि छिटो भएकाले समयमै काम नसकिने पो हो कि भन्ने चिन्ता पनि स्थानीय बासीमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − ten =