नेपाल चीनबीचको तातोपानी नाका एक वर्षपछि खुल्ने

काठमाडौँ, जेठ ३१ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले आउँदो मे बाट तातोपानी नाका खुल्ने बताएका छन् । बिहिबार परराष्ट्र मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै ज्ञवालीले नेपालले आफ्नो तर्फको सडक बनाउने काम सकिएपछि चीनले नेपाल र चीन बीचको तातोपानी नाका अर्को वर्षको मे महिनाबाट खुल्ने बताएका हुन् ।

तातोपानी नाकाको भन्सार क्लियरेन्स न्यालमबाट हुने सम्भावना रहेको बताउँदै ज्ञवालीले यसबारे पर्याप्त छलफल भएको बताए ।

भूकम्पपछि बन्द भएको तातोपानी खुलाउन नेपालले पहल गरिरहेको थियो । अब नाका कार्गोका लागि खुल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =