पाँच वर्षभित्र १९० वस्तुको निर्यात गर्ने लक्ष्य छ – आपूर्ति सचिव घिमिरे

धरान, जेठ ३१ । उद्योग, वाणिज्य तथा आपूर्ति सचिव चन्द्रकुमार घिमिरेले आयातलाई भन्दा निर्यातलाई जोड दिइनुपर्ने बताएका छन् ।

सुनसरी उद्योग वाणिज्य संघ धरान र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरेको निर्यात–आयात सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले उत्पादन गर्नेभन्दा उपभोग गर्ने प्रवृत्ति सुनसरीमा समेत बढ्दो रहेको छ भनेका छन् । ‘पर्याप्त उत्पादन नभई निर्यात गर्न सकिन्न’, उनले भने, ‘आयात प्रतिस्थापन स्वभाविक भएपनि निर्यात गर्नु पहिले पर्याप्त उत्पादन गर्नुपर्छ ।’

उनले सरकारले बजेट मार्फत् तत्काल ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्नुका साथै ५ वर्षभित्र दोहोरो अंकको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य रहेको बताए ।

नेपालमा कृषिको अथाह सम्भावना भए पनि पर्याप्त उत्पादन भने गर्न नसकेको बताउँदै घिमिरेले वाणिज्य मन्त्रालयले आगामी पाँच वर्षभित्र १९० वस्तुको निर्यात गर्ने लक्ष्यमा पुगेको बताए ।

वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको निर्यात रणनीति प्रतिवेदनमा चिया, कफी, अलैँची र हातेकागज निर्यात गर्ने लक्ष्य लिएको समेत उनले बताए ।

सोही कार्यक्रममा निर्यातजन्य वस्तुको उत्पादन कम हुँदा पूर्वाञ्चलमा पर निर्भरता बढेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाहले बताएका छन् । उनले, ‘उद्योगी, व्यावसायिक ऋणका साथै अन्य कुराले हतोत्साहित बन्दै गएको प्रति ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका व्यापार सहजीकरण सल्लाहकार हिमाल थापा, व्यापार तथा निकास प्रवद्र्धन केन्द्रका नायब कार्यकारी निर्देशक सुयस खनालले कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपाल उद्यमशील महिला महासंघ सुनसरीकी अध्यक्ष यशोदा कायस्थ, सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष किसन मास्के, रुद्राक्ष व्यवसायी प्रेम प्रसाद पराजुलीले, बराह ज्वेलरी इण्डष्ट्रिज प्रालिका सञ्चालक एवम् सुनसरी उद्योग वाणिज्य संघका सदस्य मानबहादुर विश्वकर्मा, उद्योग वाणिज्य संघका सल्लाहकार किशोर श्रेष्ठ, कृषि व्यवसायी कृष्ण राई लगायतले आ आफना धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =