सत्तापक्षकै सांसदको आरोपः व्यापारीको मिलेमतोमा बजारभाउ बढाइयो, सिण्डिकेट यथावत्
२०७४ जेठ १५ गते

“
३१ जेठ, काठमाडौं । संसद बैठकमा नेकपाका सांसद खगराज अधिकारीले मूल्यवृद्धि नरोकिएको बताएका छन् । प्रतिनिधिसभाको बिहिबारको बैठकको शून्य समयमा बोल्दै नेकपाका सांसद खगराज अधिकारीले बजारमा कृत्रिम अभाव सिर्जना गरेर मूल्यवृद्धि गरिएको बताएका हुन् ।
उनले भने, “”सरकारले यातायात क्षेत्रको सिण्डिकेट हटाएको भने पनि सिण्डिकेट कायमै छ, यसको प्रभावकारी अनुगमन आवश्यक छ ।””
त्यस्तै संसद बैठकको शून्य समयमा बोल्दै नेपाली कांग्रेसका सांसद् अमरेशकुमार सिंहले भने, सरकार र व्यापारीको मिलेमतोमा बजार भाउ बढाइएको आरोप लगाए ।
सांसदहरुले शून्य समयमा उठाएका विषयको सम्बन्धित मन्त्रीले ५ दिनभित्र जवाफ दिनुपर्ने प्रतिनिधिसभा नियमावलीमा व्यवस्था गरिएको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








