प्रशासनको अनुमतिमा मात्र विश्वकपको सार्वजनिक प्रदर्शन गर्न पाइने

काठमाडौँ, जेठ २८ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार १० बुँदे सूचना जारी गर्दै प्रशासनको अनुमतिमा मात्र सार्वजनिक रुपमा फुटबल देखाउन पाइने व्यवस्था गरेको छ।

सूचनामा विश्वकप फुटबलको सार्वजनिक प्रदर्शन गर्दा कुनैपनि शुल्क उठाउन नपाउने समेत भनिएको छ।

त्यस्तै फुटबल प्रदर्शन गर्ने ठाउँमा अनिवार्य सिसीटिभी राख्नुपर्ने सूचनामा उल्लेख छ। प्रशासनले खेललाई लिएर जीत हारमा बाजी राख्न समेत प्रतिबन्ध लगाएको छ।

सूचनामा भनिएको छ – ‘खेलको हार जीत लगायतको विषयलाई लिएर कुनैपनि प्रकारको निषेधित जुवा, सट्टेबाजी, लगानी, कारोबार आदि गर्न गराउन, खेल खेलाउन पाइने छैन। ‘

विश्वकप फुटबलको २१ औं संस्करण आउने बिहीबारदेखि रूसमा सुरू हुँदैछ। प्रशासन कार्यालयले खेल सुरु हुनु तीन दिन अघि नै सूचना प्रकाशित गरेको हो।

प्रशासन कार्यालयले आयोजकले फुटबल प्रदर्शन गर्दा अनिवार्य रुपमा स्थानीय सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने व्यवस्था गरेको छ। साथै विश्वकप हेर्दा होहल्ला गर्न समेत नपाइने सूचनामा उल्लेख छ।

प्रदर्शन स्थलमा भएका कुनै पनि गतिविधिका कारण कुनै व्यक्तिगत वा सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी भएमा त्यसको सम्पूर्ण जिम्मेबार आयोजक आफै हुनुपर्ने सूचनामा उल्लेख छ ।

यस्तो छ सूचना :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *