३८ क्वीन्टल सुन तस्करी प्रकरणः गोरेसहित ३ जनालाई दिउँसो काठमाडौँ ल्याइने

काठमाडौँ, जेठ २८ । सनम हत्या तथा ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त ४ जनालाई काठमाडौँ ल्याइने भएको छ ।

जिल्ला अदालत मोरङले काठमाडौँ लैजान अनुमति दिएसँगै प्रकरणका मुख्य अभियुक्त चुणमणि उप्रेती (गोरे)सहित राप्रपा प्रजातान्त्रिकका नेता भुजुङ गुरुङ र उनका सालो नाता पर्ने डा. डेबिटर भनिने छिरिङ वाङ्गेल घलेलाई सोमबार दिउँसो काठमाडौं ल्याउन लागिएको हो ।

उनीहरुलाई सोमबार दिउँसो १२ः४५ बजेको फ्लाइटमार्फत काठमाडौं ल्याइने प्रहरीले जानकारी दिएको छ ।

गोरे र भुजुङलाई जिल्ला कारागार, मोरङमा राखिएको थियो  । तीनै जनालाई काठमाडौंमा ल्याएर सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउने तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =