उच्च ब्याजदर सहितको ‘धनवर्षा मुद्दती खाता’ पुनः सञ्चालनमा

काठमाडौँ, जेठ २८ । एन आई सी एसिया बैँकले ग्राहक वर्गको हितलाई ध्यानमा राख्दै सर्वाधिक उच्च ब्याजदर सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमा ल्याएको छ ।

यस अघि पनि बैँकले सञ्चालनमा ल्याएको सर्वाधिक उच्च ब्याजदर सहितको धनवर्षा मुद्दती निक्षेप योजना ग्राहकहरु माझ अत्यन्त लोकप्रिय भएका कारण बैँकले सो निक्षेप पुनः सञ्चालनमा ल्याएको हो ।

धनवर्षा मुद्दती निक्षेप योजनामा मासिक रुपमा ब्याज भुक्तानीको सुविधा सहित वार्षिक १२ प्रतिशत ब्याज प्रदान गरिने बैँकले जनाएको छ ।

यस पटक समेत ‘धनवर्षा मुद्दती खाता’ योजनाबाट बढी भन्दा बढी व्यक्तिगत एवम् संस्थागत ग्राहकहरुले उच्चतम लाभ उठाउने बैँकको विश्वास रहेको छ ।

निजी क्षेत्रका बैंकहरु मध्ये २०७४ साल चैत्र मसान्त सम्मको वित्तिय विवरण बमोजिम सबैभन्दा बढि निक्षेप संकलन गर्न सफल तथा कर्जा प्रवाहको हिसाबले निजी क्षेत्रको बैंकहरुमध्ये दोश्रो ठुलो बैंकको रुपमा स्थापित भैसकेको एन आई सी एसिया बैंकको उक्त योजना अन्तर्गत देशभर रहेका एन आई सी एसिया बैंकको कुनैपनि शाखाबाट जुनसुकै रकमको पनि मुद्दती निक्षेप खाता खोल्न सकिने  छ ।

साथै एक बर्षको अवधिको लागी खोल्न सकिने यस मुद्दति योजनामा जम्मा गरिएको रकमको ८० प्रतिशत सम्म कर्जा सुविधा समेत बैँकले उपलब्ध गराउने छ ।

एन आई सी एसिया हालसम्ममा २१८ शाखासहित निजी क्षेत्रको सबैभन्दा ठुलो शाखा सञ्जाल भएको तथा २१० एटिएम सहित मुलुककै सबैभन्दा ठुलो एटिएम सञ्जाल भएको बैंक बन्न सफल भइसकेको छ ।

एन आई सी एसियाले १४ वटा बिस्तारित काउण्टर, ९ वटा शाखारहित बैंकिङ्ग युनिट र कुल ५,५०० भन्दा बढि रेमिट्यान्स पेमेण्ट एजेण्ट (प्रत्यक्ष एबं अप्रत्यक्ष समेत गरि) सहित ५,९५१ भन्दा बढि भौतिक सञ्जालमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधीरनाथ पाण्डेले जानकारी दिए ।

बैंकको पछिल्लो (२०७४ चैत्र मसान्त) बित्तिय स्थितिको संक्षिप्तः
कुल निक्षेपः रु १३३.७२ अर्व
कुल कर्जा रु १०८.९६ अर्व
खराब कर्जा अनुपातः ०.२२ प्रतिशत
पूँजी पर्याप्तता अनुपातः १३.०३ प्रतिशत
प्राथमिक पूँजी एवम् निक्षेप र कर्जाको अनुपातः ७८.१६ प्रतिशत
तरलता अनुपात २०.४२ प्रतिशत

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *