संघीय संसदको संयुक्त बैठक आज बस्दै, के–के छन् त छलफलका विषय ?

काठमाडौँ, जेठ २८ । संघीय संसदको संयुक्त बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संघीय संसदको उक्त बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक सञ्चालन सम्बन्धी नियमावली पेस हुनेछ ।

नियमावलीमा सदनको संयुक्त बैठक सञ्चालनको कार्यविधि, समिति गठन, सदस्य तथा बैठक सञ्चालन विधि समेटिएको बैठकमा संयुक्त नियमावली मस्यौदा समिति सभापति कृष्णभक्त पोखरेलले मस्यौदा पेस गर्नेछन् । यस्तै, संयुक्त सदनबाट निक्र्यौल हुनुपर्ने विषय पनि नियमावलीमा समेटिएको छ ।

प्रस्ताविन नियमावली अनुसार संयुक्त बैठकको अध्यक्षता प्रतिनिधिसभाका सभामुखले गर्नेछन्। जुन हाल अभ्यास भइरहेको छ ।

संयुक्त नियमावली अनुसार दुबै सदनका सदस्य रहनेगरि दुई समिति गठन हुनेछन्। जसमा राज्यका नीति निर्देशक सिद्धान्त अनुगमन कार्यान्वयन तथा निर्देशन समिति र संसदीय सुनुवाइ विशेष समिति रहने छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *