स्वास्थ्य सेवा पदकबाट डा.सुनिल शर्मा सम्मानित

बिराटनगर, जेठ, २७  । स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुर्याए वापत नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्मालाई स्वास्थ्य सेवा पदकबाट सम्मानित गरिएको छ । नेमो संघ केन्द्रिय समितिले राजधानीको राष्ट्रिय सभागृहमा कार्यक्रम गरी डा.शर्मालाई सम्मान एवं पुरस्कृत गरेको हो ।

करिव डेढ दशक अघिदेखि स्वास्थ्य क्षेत्रमा क्रियासिल भई लाखौं बिरामीलाई निःशुल्क उपचार गर्नुका साथै सयौं बिपन्न बिद्यार्थीलाई निःशुल्क स्वास्थ्य शिक्षा अध्ययन गराई उनीहरुको उज्वल भविश्य निर्माण गरेकाले डा.शर्मालाई सम्मान गरिएको संघका अध्यक्ष दिनेश राईले जानकारी दिए ।

निरन्तर सामाजिक सेवामा समर्पित डा.शर्मालाई केहि दिन अघि पनि राजधानीमा मकालुखबर अनलाईनले सम्मान गरेको थियो । अत्यन्तै निम्न अवस्थाबाट कठिन संघर्ष गरी प्रतिष्ठित बनेका डा.शर्माले अहिले सामाजिक सेवालाई निरन्तरता दिदै आएका छन् । जसका कारण उनी प्रसंसाको पात्र बन्नुका साथै सम्मानित हुने क्रम पनि बढ्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *