प्रहरीकाे बेवास्थाका कारण धरानमा फस्टायो यौन व्यवसाय

“
धरान, जेठ २६ । प्रहरी प्रशासनकाे वेवास्ताका कारण सुनसरीको धरानमा पछिल्लो समय यौन व्यवसाय फस्टाएको पाइएको छ । अहिले सुनसरीको धरान र धनकुटाको भेडेटार आपसासका केही होटलमा खुलेआम यौन व्यवसाय फस्टाएको पाइएको हाे ।
यहाँ सञ्चालित हाेटल रेष्टुरेन्टमा प्रहरी प्रशासनले नियमित रूपमा अनुगमन नगर्दा याैन ब्यवसाय फस्टाउँदै गएकाे छ । अाजकल धरान, भेडेटारका हाेटल, रेषटुरेन्टमा दिउसै खुलेअाम याैन ब्यवसाय हुँदा समेत प्रहरी चुपचाप बसेकाे छ । धरानकाे जिराेप्वाइन्ट, शिवधारा अासपास खाेलिएका हाेटलहरूमा दिउसै याैन ब्यवसाय हुँदा पनि प्रहरीले नियन्त्रण गर्न सकिरहेकाे छैन ।
धरान प्रहरीले यस आपसमा रहेका होटलबाट १५ दिनको अवधिमा यौन सम्पर्क गर्दै गर्दाको अवस्थामा ७ जोडीलाई रंगेहात प्रक्राउ गरी कारबाही अगाडि बढाएपछिको यस्ताे रहस्य बाहिर आएको हो ।
प्रक्राउ परेका सबैलाई धरानकाे ‘डुक’ होटलबाट प्रक्राउ गरेको ईलाका प्रहरी कार्यलय धरानका डिएसपी रामेश्वर पौडेलले जानकारी दिए। करिब तीन दिन अगाडि मात्रै प्रहरीले डुकु होटलमा छापा मार्दा यौन सम्पर्क गर्दै गर्दा दुई जोडी फेला पारेकाे थियाे भने, साेहि वखत दुई युवक भने होटलबाटै नग्न अवस्थामा भाग्न सफल भएक थिए ।
प्रहरीका अनुसार याैन कार्यमा संलग्न युवतीलाई भने अहिले इलाका प्रहरी कार्यालय धरानमा पक्राउ गरी राखिएको छ। ‘पछिल्लाे समय धरान र धरान अासपास खाेलिएका हाेटल तथा लजमा दिउसै याैन ब्यवसाय सञ्चालन हुने गरेकाे सुचना प्राप्त भएपछि हामीले निगरानी बढाएका थियाैं, १५ दिनकाे अवधिमा सात जाेडी नियन्त्रणमा अाएका छन् ।’ इप्रका धरानका डिएसपी पाैडेलले भने ।
यसरी धरानका डुकु लगायतका आसपासका होटलमा बारम्बार जोडी भेटिएपनि प्रहरीले सञ्चालकलाई चेतावनी मात्र दिएर छाडिदिएको छ । एक पटक पक्राउ परेकाहरू कानुनी कारवाहिबाट उम्किएपछि पुनः याैन ब्यवसायमै फर्कने गरेका छन् । याैन ब्यवसाय सञ्चालन गर्नेलार्इ कारवाहि गर्न उचित कानुन अभाव भएकाले उनीहरू सजिलै उम्कने गरेका छन् ।
यस क्षेत्रका अधिकांश होटलमा यौन व्यवसाय पाइएकोले अब धरान प्रहरीले कडाइ गर्ने डिएसपी पौडेलको भनाई छ। पौडेलका अनुसार यौन व्यवसायमा अधिकांश श्रीमान तथा श्रीमति छोडपत्र गरेर बसेका,वैदेशिक रोजगारमा गएका, श्रीमान अथवा श्रीमति बाहिर भएकाहरू संलग्न रहेका छन् भने, कलेजमा पढ्ने युवा युवतीहरु समेत संलग्न रहेको पाइएको छ ।
त्यस्तै यौनकार्यमा सम्लग्न कतिपयले भने बच्चा साथमा लिएर आउने र परिवारको अभिनय गर्ने गरेको समेत पाइएकाले प्रहरीले पक्राउ गर्न नसकेकाे प्रहरीकाे भनार्इ छ ।
दिनदहाडै हाेटल ब्यवसायका नाममा याैन ब्यवसाय भर्इरहँदा प्रहरीकाे अनुगमन फितलाे हुँनुमा कतै प्रहरीकै संलग्नता छैन ? नागरिक समाजले चासाे ब्यक्त गरेका छन् । इटहरी, विराटनगरकाे याैन ब्यवसायलार्इ त्यहाँकाे प्रहरीले नियन्त्रण गरेपछि त्यहाँका याैनकर्मीहरूकाे सुरक्षित थलाे धरान, भेडेटार भएकाे छ ।
अाजकल दैनिक दर्जनाैं युवायुवतिहरू केटा साथी बाेकेर धरान, भेडेटार रात विताउन अाउने गरेका छन् । कतिपय केटाेकेटी अाफुहरू श्रीमानश्रीमति भन्दै अाउने गरेकाेले उनिहरूलार्इ सजिलै पक्राउ गर्न समेत समस्या अाउने गरेकाे प्रहरीकाे धारणा छ । ‘श्रीमान/श्रीमति भनेर अाउँछन्, गलामा मंगलसुत्र र सिउँदाेमा सिन्दुर हुँदैन, कतिले त्याे पनि लगाएका हुन्छन् । कारवाही गर्न पर्याप्त कानुन अभावले बेश्याबृत्ति माैलाएकाे हाे ।’ एक प्रहरी भन्छन् ।
नागरिक समाजका एक अगुवाले इटहरी वसपार्कबाट दर्जनाै याैन ब्यवसायीहरू धरान तथा धरान अासपासका रेष्टुरेन्ट र हाेटलमा काम गर्न अाएका छन् । भने, कतिपय याैन ब्यवसायीहरू केटा साथीसँग धरानमा माेलमाेलार्इ गरेर नजिकैकाे भेडेटार, धनकुटासम्म जाने गरेका छन् । भेडेटारमा दिउसै याैनकर्मीहरूले केटा साथी ल्याएर २–३ घण्टा विताउने गरेकाे एक युवाले बताए ।
“








