“””साईपल मिस एसईई स्टार २०१८”” को उपाधि सन्ध्या कोइरालालाई”

काठमाडौँ, जेठ २५ । साईपल मिस एसइइ स्टार २०१८ को उपाधि सन्ध्या कोइरालाले हात पारेकी छिन् । शैनिक आवासिय विद्यालयबाट एसईई दिएकी सध्या कोइरालाले प्रतिस्पर्धामा सहभागी अन्य २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै साईपल मिस एसइइ स्टार २०१८ को हात पारेकी हुन् ।

प्रथम उपाधि हात पारेकी उनलाई सन् २०१७ कि बिजेता एलिजा बुढाथोकीले क्राउन लगाइदिएकी हुन् । त्यस्तै फस्ट रनरअपको ताज हात पारेकी श्रेष्ठलाई अनुश्का मानन्धरले ताज पहिराईन । सेकेन्ड रनरअप याना सिटौला घोसित भइन भने उनलाई गत बर्षकी बिजेता अन्जली शाहले ताज लगाईदिएकी हुन् । थर्ड रनरअप उपाधि हात पारेकी चाँदनी थापालाई भने आयुश्मा नेपालले ताज पहिराइदिएकी थिइन् ।

त्यस्तै अन्य विभिन्न विधामा प्रतीस्पर्धीहरुले सबटाईटल प्राप्त गरेका थिए । जसमा बेस्ट स्माईल मनिषा तामाङ, बेस्ट ड्रेस ममता मोक्तान, बेस्ट वाक जुलि देउला, ब्युटिफुल हेयर ईशा गुरुङ, मिस फोटोजेनिक स्वीकृति ढुंगेल, मिस पंचल प्राश्ना श्रेष्ठ, मिस कन्फिडेन्स बिनी लामा, मिस एट्लेक्ट्स सारीका पाण्डे, मिस पर्सानिलिटी युना गुरुङ, मिस मल्टी मिडिया रितिका ढुंगेल, मिस पपुलर सुस्मिता श्रेष्ठ, मिस इन्टेलेक्चल युना सिटौला, मिस बब्ली भगवती तामाङ, मिस ट्यालेन्ट सन्ध्या कोइराला, मिस फ्राईन्डशिप चादनी थापा, मिस डिसिप्लिन डिकुटा लवजु, अर्गनाइजर चोइस कृषा घिमिरे रहेका छन ।

प्रतियोगिताको निर्णायक मण्डलमा लभिन अन्सारी, ड्रेस डिजाईनर साबित्री ढुंगाना, गायक तथा नायक कोशीस छेत्री, मिस ईभेरेस्ट नेपाल बिजेता दिप्ति श्रेष्ठ, सैपाल एकेडेमीका प्रिन्सिपल सुमन नगरकोटि, होटेल कन्ट्रीभिल्लाबाट एलिना धोजु, टेक्सास कलेजका निर्देशक नारायण पोखरेल र सास्वात कार्की रहेका थिए ।

प्रतिस्प्रधीहरुलाई कान्तिपुर फेशन हाउसको आकर्शक ड्रेस डिजाइन र राज मेकअप स्टुडियोको मेकअपमा आर्टिस्ट नेपाल स्टुडियोसले फोटोग्राफी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 14 =