नक्कली: सीआईबीको इन्सपेक्टर पक्राउ

वीरगञ्ज, जेठ २५ । प्रहरीले पर्साबाट एक जना नक्कली प्रहरी केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को इन्सपेक्टरलाई पक्राउ गरेको छ ।

आफूलाई सीआईबीको इन्सपेक्टर भन्दै सर्बसाधरणलाई धम्की दिने पर्साको सखुवाप्रसौनी गाउँपालिका १ शितपुर बस्ने १९ वर्षीय श्रीराम महतो गुरोलाई प्रहरीले पक्राउ गरेको हो ।

आफू सीआईबीको इन्सपेक्टर हो भनी गाउँघरका सोझासाझा सर्वसाधारण व्यक्तिहरुलाई झुक्याइ थर्काउने तथा ठगी गर्दै हिँडेको उजुरीको आधारमा श्रीरामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

श्रीरामसँग भएको नक्कली छनौट पत्रसमेत बरामद गरी आवश्यक अनुसन्धानक तथा कारबाहीका लागि लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता राजन लिम्बुले जानकारी दिएका छन् ।

श्रीरामविरुद्ध सार्वजनिक अपराध मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *