अन्तर्राष्ट्रिय स्केट फेस्टिबल जात्रा हुने

काठमाडौँ, जेठ, २५ । आगामी असार पहिलो सातादेखी पाल्पामा अन्तर्राष्ट्रिय स्केट फेस्टिबल जात्रा हुने भएको छ ।

पाल्पा जिल्लाको सदरमुकाम टुडिखेल बजारको मैदानमा आगामी असार ५ गतेदेखी ७ गतेसम्म स्केट फेस्टिभल जात्रा हुने भएको हो ।

परिवर्तनका लागि युवा नामक संस्थाले काठमाडौँमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संस्थाका अध्यक्ष जागृत पहाडीले सो जात्रामा नेपाल, भारत, र माल्दिभ्स लगायत देशका खेलाडीको सहभागिता रहने जानकारी दिए ।

यसअघि राष्ट्रियस्तरको स्केट फेस्टिभल जात्रा काठमाडौँमा सम्पन्न भईसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *