असार १५ गते भित्रमा ठोस योजना लिएर आउनुहोसः प्रधानमन्त्री

“
काठमाडौ, जेठ २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको सरकार पुजारी जस्तो नभएको बताउका छन् ।
मन्त्री तथा सचिवहरुलाई नीति तथा कार्यक्रम र बजेट कायान्वयन गर्न निर्देशन दिदै प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार पुजारी जस्तो होइन । बिहान उठ्ने मन्दिर जाने पुजा गर्ने अनि भोलि फेरि उही रित दोहोर्याउने ।’
देशमा लोकतन्त्र आइसकेको बेला जनताका अधिकार स्थापित भइसकेको अवस्थामा जनताका अपेक्षा पनि सरकारप्रति धेरै रहेको उनले बताएका छन् ।
विकासप्रति नयाँ दृष्टिकोण बनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘हरेक मन्त्रालयले के कस्ता कार्यक्रम सञ्चालन गर्ने, कसरी गर्ने त्यसका लागि असार १५ गते भित्रमा ठोस योजना लिएर आउनुहोस’ प्रधानमन्त्रीले मन्त्री र सचिबहरुलाई निर्देशन दिँदै भने, ‘असार २५ गते ती योजनाको बिषयमा ब्यापक छलफल गरेर साउन १ गतेदेखि कार्यन्वयन सुरु गर्नु पर्दछ ।’
प्रधानमन्त्री ओलीले जमिनलाई सदुपयोग गरेर कृषिमा आत्मनिर्भर हुने बाटोमा अघि बढ्नु पर्ने धारणा व्यक्त गरेका छन् ।
“








