प्रेमीसँग खटपट भइरहन्छ ? कतै राशि नमिलेर पो हो कि ? जान्नुहोस् कुन राशिसँगको प्रेम सम्बन्ध राम्रो !

हुन त आज भोली राशिमा त्यति विश्वास राखिँदैन । तर पनि कहिलेकाहिँ यसका असरहरु देखिन सक्छन् । घर परिवार, श्रीमान् श्रीमती, दाजुभाई तथा दिदीबहिनीको एक आपसमा झगडा परिरहेको हुन सक्छ, यस्तो तब हुन्छ तपाईहरुको ग्रह अनुसारको स्वभावमा मेल खाँदैन ।

यसको तनावको कारण राशि पनि हुन सक्छ । त्यसैले तपाईँको कस्तासँगको सम्बन्ध राम्रो र नराम्रो हुन्छ भन्ने कुरा जान्नु आवश्यक छ ।

यसबाट तपाईंले को कस्ता मानिससँग विवाह गर्न हुँदैन भन्ने सहजरुपमा थाहा पाउन सक्नुहुने छ ।

मेष राशिः यस राशिका मानिस बहुत साहसी, स्वतन्त्र तथा भावुक हुने गर्छन् । यसकारण मेष राशि भएकाले वृष राशि भएकासँग विवाह कहिले पनि गर्न हुँदैन । किनकी वृष राशि भएकाहरु सम्बन्धमा त्यति रुचि राख्दैनन् । जबकि मेष राशिलाई यस्तो गर्न मन पर्छ ।

वृष राशिः यस राशिका मानिस प्राक्टिकल तथा इमान्दार हुन्छन् । यस राशिको धनु राशि भएको मानिससँग सम्बन्ध राम्रो हुँदैन । धनु राशि भएका मानिस जिम्मेवारीबाट पछि भाग्छन् ।

मिथुन राशिः यो राशि भएका मानिस वफादार तथा मोज मस्ती गर्ने प्रवृत्तिका हुन्छन् । यी राशि भएकाहरु आफ्नो जिन्दगीमा सधै नयाँ गर्ने बारेमा सोच राखिरहेका हुन्छन् । यी राशिका लागि मकर राशि भएका मानिस सही मान्दिैनन् । किनकी मकर राशिका मानिस मिथुन राशि भएकाहरुलाई उत्तेजित गर्न सक्दैनन् । मकर राशिका मानिस समय अनुसार हिँड्न मनपराउँछन् । जहाँ मिथुन राशिका मानिस ‘जे पर्छ टर्छ’ भन्ने प्रकृतिका हुन्छन् ।

कर्कट राशिः यस्ता राशि भएका मानिस सहयोगी हुन्छन् । यस्तो राशि भएका मानिससँग कुम्भ राशि भएकाको सम्बन्ध धेरै खराब हुन्छ । कुम्भ राशिका मानिस स्वतन्त्र खालका हुन्छन् । जसका कारणले कर्कट राशि भएका मानिसलाई कुम्भ राशि भएका मानिस आवश्यक हुन्न ।

सिंह राशिः सिंह राशि भएका मानिसमा आत्मविश्वास धेरै हुन्छ । साथै यो राशिका मानिस आकर्षक पनि हुन्छन् । सिंह तथा वृश्चिक राशि भएका मानिसको सम्बन्ध त्यति राम्रो हुँदैन । किनकी वृश्चिक राशि भएकाहरु जिद्दी तथा ईष्र्यालु स्वभावका हुन्छन् । जसलाई सिंह राशिलाई यस्तो मन पर्दैन ।

कन्या राशिः यस राशिका मानिस आफ्नो मिलनसार स्वभावका हुन्छन् । कन्या राशि भएकाहरु हेरचाह जीवन जिउन चाहन्छन् । तुला तथा कन्या राशिका व्यक्ति बीचको सम्बन्ध खासै राम्रो मानिदैन ।

तुला राशिः तुला राशि भएका मानिसहरु हेरचाहमुक्त जीवन मन पराउँछन् । तुला राशि र कन्या राशि बीचको सम्बन्ध त्यति राम्रो हुँदैन, किनकी कन्या राशिका मानिस धेरै तनाव लिने खालका हुन्छन् ।

वृश्चिक राशिः यस राशि भएका मानिसमाथि सजिलैसँग विश्वास गर्न सकिन्छ । यसको विरोधी राशि मेष हो । किनकी मेष राशि भएका मानिसलाई रिस चाँडै आउँछ । वृश्चिक राशिलाई प्रेम पूर्ण वातावरण भएको माहोल मन पर्छ ।

धनु राशिः यस राशिका मानिसमा उर्जा धेरै हुन्छ । र यी राशि भएका मानिस बहुत सकारात्मक हुन्छन् । यसको तथा वृष राशिको जोडी सही मानिँदैन । किनकी वृष राशिका मानिस यति धेरै उत्साही हुँदैनन् तथा आफ्ना व्यावहारिक जीवनमा व्यस्त रहन्छन् ।

मकर राशिः यो राशि भएका मानिस इमानदार, बफादार तथा महत्वाकांक्षी हुन्छन् । यसका सबैभन्दा खराब जोडी मिथुन राशि भएका मानिस हुन्छन् । किनकि मकर राशि भएकाहरुमा समझदारीताको कमी हुन्छ ।

कुम्भ राशिः यस राशिका मानिस आक्रामक स्वभावका हुन्छन् । यस राशिको र कर्कट राशिको जोडी राम्रो मानिदैन किनकी कर्कट राशि भएकाहरु भावुक स्वभावका हुन्छन् ।

मीन राशिः यस राशि भएका मानिस रोमान्टिक हुन्छन र भावनालाई महत्व दिन्छन् । मीन राशि भएका र कन्या राशि भएकाहरुबीचको सम्बन्ध राम्रो हुँदैन किनकी कन्या राशि भएका हरु व्यवहारिक हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *