भारतीय रुपैयाँसहित दुई जना पक्राउ

पर्सा, जेठ २३ । भारी परिमाणमा भारतीय रुपैयाँसहित पक्राउ परेका दुई भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलनको आयोजना गरी भारत विहार पूर्वी चम्पारण बेलवा निवासी चितरञ्जन प्रसाद र विहारकै मोतियारी पलनवा निवासी रोहित केशरीलाई सार्वजनिक गरेको हो ।

वीरगञ्जको रजतजयन्ती चोकबाट ३१ लाख ८० हजार भारतीय रुपैयाँसहित दुबै जनालाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेका थिए ।

ना २७ प ३८११ नम्बरको मोटरसाइकलमा चढेर रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेका चितरञ्जन र केशरीलाई शंका लागेर चेकजाँच गर्दा दुई हजार दरका एक हजार ५९० थान भारतीय नोटसहित प्रहरीले दुबै जनालाई पक्राउ गरेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिएका छन ।

उनले बरामद रुपैयाँको स्रोत चितरञ्जन र केशरीले बताउन नसकेपछि आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धन विभाग हरिहर भवन काठमाडौ पठाउन लागिएको जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − ten =