मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

काठमाडौँमा रेलः चीनले अनुदान दिए कुन्नी ?

काठमाठौँ, जेठ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण नजिकिँदै गर्दा नेकपाका नेता डा.राजन भट्टराईले चीनले अनुदान दिएमा मात्र काठमाडौँमा रेल आउने सम्भावना रहेको बताएका छन् ।

मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमा परराष्ट्र मामिलाका जानकार समेत रहेका भट्टराईले केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा केरुङबाट काठमाडौँसम्म रेल ल्याउने कुराकानी भइरहेकोले यसको तीव्र सम्भावना रहेको बताएका हुन् ।

भट्टराईले भने, ‘हाम्रो प्रधानमन्त्रीले भनिसक्नुभएको छ कि हामी आन्तरिक स्रोतले बनाउन सक्ने अवस्थामा छैनौं । त्यसैले चीनले अनुदानमा बनाइदिएमात्रै काठमाडौंमा रेल आउँछ ।’

प्रधानमन्त्रीको अघिल्लो भ्रमणका बेला भएको १० बुँदे सम्झौता कार्यान्वयनलाई प्राथमिकता दिइने उनले बताए ।

चीन नेपालमा लगानी गर्न आतुर रहेको सुनाउँदै नेता भट्टराईले भने, ‘हामीले आन्तरिक रुपमा नीतिगत स्थायित्वबारे आश्वस्त पार्न सक्नुपर्छ, चूस्त नीति अपनाउनुपर्छ, र एक द्धार नीति अनुसार आकर्षक प्रस्तावहरु पेश गर्नुपर्छ, नेपालमा वैदेशिक लगानीको प्रशस्त संभावना छ ।’

प्रतिकृयाहरु
Loading...