मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध, आवातजावत ठप्प

काठमाडौं, जेठ २२ । मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । चारकिलोमा बिहान अर्को पहिरो खसेपछि आवातजावत ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसअघि बिहान बिहान ५ बजेतिर खसेको पहिरो हटाएर एकतर्फी आलोपालो गरी गाडी गुडाउन दिइएकोमा पौने ८ बजेतिर अर्को पहिरो खसेपछि आवात–जावत ठप्प भएको हो । पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको प्रहरीले जनाएको छ ।

पहिरो खसेपछि अहिले सयौं गाडी बाटोमै रोकिएका छन् ।

प्रतिकृयाहरु
Loading...