काठमाडौँमा दलित भनेरै कोठा दिइएन, हामी दलित होइनौं शिल्पी हौं–सांसद

काठमाडौँ, जेष्ठ २१ । सांसद कुलदेवी विश्वकर्माले दलित भएकै कारण काठमाडौँमा कोठा नपाएको गुनासो पोखेकी छिन् । सोमबार संसदको विशेष समयमा बोल्दै सांसद कुलदेवीले दलित भएकै कारण छुवाछुतको भेदभाव खेप्नुपरेको र काठमाडौंमा महिनौँदेखि कोठा नपाएको गुनासो पोखेकी हुन् ।

काठमाडौँको छुवाछुत दुखलाग्दो भएको बताउँदै उनले भनिन् हामीले एक महिना पूरा भयो काठमाडौँमा कोठा खोजेको कोठा पाएनौं ।’

उनले संसदमा छुवाछुत अन्त्य भएको पटक–पटक सुने पनि काठमाडौंमा नै छुवाछुत भोग्नुपरेको बताइन् । ‘छुवाछुतको भेदभाव हुने छैन भनेर सांसदमा सुनिरहेका छौं’ सांसद विश्वकर्माले भनिन् ‘काठमाडौंमै यस्तो छुवाछुत छ भने गाउँघरमा के होला ?’

गाउँघरमा दलितहरुले सुतेको ठाउँमा पोत्नुपर्ने र खाएको भाडा माझ्नुपर्ने अवस्था रहेको बताइन् । उनले दलित भन्ने शब्द नै हटाउन आग्रह गरिन् । ‘हामी दलित होइनौं शिल्पी हौं’ विश्वकर्माले भनिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =