मरिगएनी नि रिजल्ट आउँदैन त !

काठमाडौं, साउन ५ । प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष ओलीको एउटै बोली छ ‘भरतपुर महानगरपालिकाको मत गन्न सकिएन ,गन्या गन्यै छ । कता पुगिसक्यो ।’ बिहीबार पनि यसैगरि उनी कराए । कार्यक्रममा उपस्थित भएका सबै पेट मिची मिची हाँसे । हुन पनि हो ।

बिहीबार राजधानीमा आयोजित नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) को महाधिवेशन परिषद बैठकमा बोल्दै अध्यक्ष ओलीले कांग्रेस–माओवादीले जति मिलेर सिध्याउन खोजेपनि त्यो सम्भव छैन ।

‘सत्तारुढ दलहरुले जति नै हेप्न खोजे, तर त्यो सपनामा पनि सम्भव छैन ।’ ओलीले भने,‘त्यो चितवनको मत गन्या गन्यै छ । मरिगएनी रिजल्ट आउँदैन । एमालेले जित्छ भनेर सबै चाल रचियो तर त्यसको सत्य छानविन त होलानै ।’‘स्थानीय तहको दुवै चरणको निर्वाचनमा एमाले शक्तिशाली पार्टी दरिएपनि उनकै गृह जिल्ला झापामा जिल्ला स्तरिय नेताहरु चिप्लिएपछि अहिलेपनि घरि घरि उनले हप्की दप्की गर्ने गरेका छन् ।

एमालेले जित्ने निश्चित टुङगो लागेपछि काङग्रेस माओवादी मिलेर षडयन्त्र रचे यो जनताले नियालीरहेका छन् ओलीले भने अव एमालेको कार्यकर्ताको रुपमा मात्र होइन, जनताको साझा प्रतिनिधिका रुपमा काम गर्नु पर्छ । त्यो चितवनको मतगणना हुन्छ नै । तर, ढुक्क भएर बस्ने अवस्था छैन । यससँगै जीफन्टका २५० नेता कार्यकर्तालाई उनले सम्मान पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *