‘मकालु खबर’ तिमीलाई लाखौ शुभकामना तथा बधाई

हजारौ अनलाईनहरुको भिडमा एउटा बेग्लै पहिचान बनाउदै आज एक बर्ष पुरा गरेकोमा मकालु खबर डटकमलाई बधाई तथा शुभकामना । सरुवाती दिनहरुमा बिभिन्न अवरोध र चुनौती पक्कै आए तरपनि नडगमगाईकन निरन्तर बढिरहेको मकालुले एक बर्षको छोटो अवधिमै सयौ विज्ञापनदाता र पाठकको बिश्वास जित्न सफलपनि भयो ।

संचारमाध्यम त्यसमापनि अनलाई संचार अहिलेको पहिलो र छिठो सुचना प्रदायकको माध्यम बनेको छ जुन मकालु खबरपनि एक महत्वपुर्ण अंग हो । आम पाठकको व्यस्तता र फरक नेपाली प्रेस जगतमा सहि सुचना, समाचार र मनोरञ्जनका लागी डिजिटल छापाखानाको माग र आवश्यक्ता पनि उत्तिकै छ ।

आम पाठकले रुचाएका हरेक सुचना समाचार मनोरञ्जनका लागी डिजिटल सञ्चार माध्याममा जुन सुकै समयमा जहाँ पनि खोलेर पढ्न र हेर्न सक्ने भएकाले पनि मकालु खबरले अझै पाठकका लागि सहि सत्य सामग्री पस्कनमा एक रत्ति पनि कन्ज्युस्याइ गर्न हुदैन ।

प्रविधिको तिब्र बिकास संगै पत्रकारिताका आयाम र माध्यामहरु पनि फरक हुदै गएका छन् । प्रविधिको व्यापक पहुँचसँगै सूचना प्रवाहको गति त बढेको छनै त्यसमा सूचनाको तृष्णा पनि तीव्र गतिको देखिन्छ । आम पाठकको स्वाद र सन्तुष्टीलाई ख्याल गर्दैै सही सूचना र सटिक विचार पस्किओस ।

हरपल हर खबरमा सत्यता र सहि शव्दावली प्रयोग गर्दै जानु पर्ने अहिलेको आवश्यक्ता देखिन्छन् । नेपालमा अहिले अनलााईन समाचार पोर्टरहरुमा त्यत्ति धेरै आम नागरिक र पाठकलाई अझै पनि बिश्वसनिय बनाउन कठिन चुनौति छन् ।

बिकशित नेपालको प्रेस जगतमा मकालु खबरले पनि हर सुचना, समाचारमा नागरिकलाई खोज मुलक दिन सक्नु पनि अहिलेको चुनौति हो । त्यसैमा पनि धैरैहरुको भिडमा अविश्वसनिय हुनु भन्दा पनि थोरै, तर बिस्वासिलो तर्कहरु, सहि सम्पादकिय दिने कुरामा अझै जोडद्धार रुपमा प्रस्तुत हुनु छ ।

नेपालको अनलाइन पत्रकारितामा अझै पनि व्यवसायिक प्रतिस्पर्धाको अवस्था बन्न सकेको छैन । व्यक्तिगत रहरमा अनलाइन खोल्नेक्रम पनि उत्तिकै छ । तर गुणस्तर, विश्वसनियता र नियमनको पाटोमा बहस भने त्यत्ति अगाडी देखिएका छैनन् । संख्यात्मक रूपमा देखिएको तीव्र विकाससँगै अब गुणस्तरको बाटाहरु पनि पैल्याउन पर्छ । अनलाइन प्रेस जगतमा विश्वसनियताको बाटो खोतल्र्दैै गुणस्तरको पथमा सधैं लम्की रहोस ।

स्वतन्त्र सूचना र स्वच्छ विचारको प्रवाह गर्ने क्रममा मकालुक खबर परिवर्तन, लोकतन्त्र, संघियता र समृद्धिका पक्षमा सधैं समर्पित रहोस । शुभेक्षा, र शुभकामना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *