स्थानीय तहले संचित खाता खोल्नुपर्ने
“
नेपालगन्ज साउन ५ । बाँकेका स्थानीय तहका लागि नेपाल सरकारको बजेट २०७४ मा व्यवस्था भए अनुसारको समानीकरण अनुदान र शशर्त अनुदानको रकम बाँकेका आइसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । बाँकेका कोष तथा लेखा नियन्त्रक ठाकुर पौडेलले नेपालगन्जन्यूजसंग भने बाँकेका ८ वटै स्थानीय तहलार्इ बजेटको अख्तियारी दिन हामी तयार छौं ।
यस बर्ष देखि नेपाल राष्ट« बैंकले सरकारी खाता संचालन नगर्ने भएकोले सबै स्थानीय तहले राष्टि«य बाणिज्य बैंक वा आफ्नो पायक पर्ने स्थानमा संचित खाता खोल्नुपर्ने छ । पौडेलले भने, खाता खोलेर भुक्तानी लिन निर्णय सहित आएमा हामी तत्काल बजेट स्थानीय तहको खातामा जम्मा गरिदिन तयार छौं ।
नेपालगन्ज उपमहानगरपालिकाका लेखा अधिकृत राजन केसीले आर्थिक वर्षको पहिलो हप्ता भित्र नै संचित खाता खोलिसक्ने बताए । उनले भने, ‘हामी अहिले खाता संचालन गर्नका लागि वाणिज्य बैंकसंग नेगोसिएसनमा छौं । हाम्रो शर्त अनुरुप बैंकले सुविधा दिनुपर्छ ।’
अर्थ मन्त्रालयले जारी गरेको स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पत्ती हस्तान्तरण सम्बन्धी निर्देशिका २०७४ अनुसार सम्वन्धित स्थानीय तहको प्रमुख कार्यकारी अधिकृत र लेखा प्रमुखको संयुक्त हस्ताक्षर चल्ने गरी स्थानीय तहको बैंक खाता सञ्चालन गर्नुपर्ने छ ।
बाँकेमा सबैभन्दा बढि बजेट अनुदान नेपालगन्ज उपमहानगरपालिकाले प्राप्त गरेको छ । उपमहानगरपालिकाको वित्तीय समानीकरण अनुदान ४६ करोड ७ लाख ६२ हजार र शशर्त अनुदान २२ करोड १८ लाख २१ हजार रहेको छ । कोहलपुरको वित्तीय समानीकरण ३२ करोड २० लाख ६ हजार र शशर्त अनुदान १० करोड ८ लाख ७५ हजार गरी ४२ करोड २८ लाख ८१ हजार रहेको छ ।
६ गाउँपालिका मध्ये राप्ती सोनारीको सबैभन्दा बढढ ५४ करोड, ३४ लाख ५४ हजार रहेको छ । राप्ती सोनारीको वित्तीय समानीकरण ३९ करोड ६४ लाख ६४ हजार र शशर्त अनुदान १४ करोड ६९ लाख ९० हजार रहेको छ । यसैगरी खजुराको वित्तीय समानीकरण २४ करोड ३५ लाख १५ हजार र शशर्त अनुदान १५ करोड ५४ लाख ८२ हजार गरी ३९ करोड ८९ लाख ९७ हजार बजेट रहेको छ ।
बैजनाथको बजेट २५ करोड ९८ लाख ४३ हजार वित्तीय समानीकरण र शशर्त अनुदानमा १० करोड ६८ लाख ८५ हजार गरी जम्मा ३६ करोड ६७ लाख २८ हजार रहेको छ ।
नरैनापुरको जम्मा बजेट ३० करोड ९० लाख १३ हजार रहेको छ । वित्तीय समानीकरणमा २३ करोड ३७ लाख ५९ लाख र शशर्त अनुदान ७ करोड ५२ लाख ५४ हजार रहेको छ ।
यसैगरी डुडुवाको २१ करोड २४ लाख ९७ हजार वित्तीय समानीकरण र ७ करोड ३१ लाख ८३ हजार शशर्त अनुदान गरी २८ करोड ५६ लाख ८० हजार बजेट रहेको छ ।
सबैभन्दा कम जानकी गाउँपालिकाको २६ करोड ८७ लाख ३७ हजार रहेको छ । यसमध्ये वित्तीय समानीकरण १९ करोड ८० लाख ४८ हजार र शशर्त अनुदान ७ करोड ६ लाख ८९ हजार रहेको छ । प्राकृतिक श्रोत तथा वित्त आयोग गठन नभैसकेकोले जनसंख्या, विकासको अवस्था र लागत समायोजित क्षेत्रफललाई आधार बनाएर यस वर्षको अनुदान वितरण गरिएको हो ।
“