बुटवल पाल्पा सडक खण्डको तिनाउमा पहिरो खस्दा यातायात अवरुद्ध

काठमाडाैं, जेठ १८ ।  बुटवल–पाल्पा सडक खण्डको तिनाउमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, हेडबक्समा पहिरो खसेपछि बुटवलबाट पाल्पा जाने यातायात सेवा अवरुद्ध भएको हो। पहिरो आज बिहान ४ बजे खसेको प्रहरीले बताएको छ।

गत बैसाख ३१ गते पनि सोही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। पहिरोबाट खसेका ठूलाठूला ढुंगाले सडकमा अवरोध सिर्जना गरेपछि पाल्पातिरबाट बुटवल आउँदै गरेका र बुटवलबाट पाल्पा, हुँदै गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ हिँडेका सवारी साधन र यात्रुहरु बीचमै रोकिएका छन्।

वर्षा नरोकिएकाले डोजर चलाएर पहिरो पन्छाउन ढिलाई भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। सडक कति बजे खुल्छ भन्ने यकिन नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *