काँग्रेसले असोज २ को निर्वाचनमा पार्टीको तयारी गर्न प्रदेश नं २ को भेला गर्दै

काठमाडौँ, साउन ५ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा पार्टीको तयारी गर्न प्रदेश नं २ को भेला बोलाएको छ ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा, पार्टीका नेता एवम् केन्द्रीय पदाधिकारीको उपस्थितमा हुने भेला बिहीबार बिहान राजधानीको नयाँ बानेश्वरमा हुने पार्टी कार्यालयले जनाएको छ ।

भेलामा प्रदेश नं २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसद, पूर्वसांसद, जिल्ला सभापतिका निकटतम प्रतिस्पर्धी, क्षेत्रीय सभापति र संविधानसभा सदस्य निर्वाचन २०७० का प्रत्यक्षतर्फका उम्मेदवारका प्रत्यासी सहभागी हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *