मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

शिविरमा आगलागी हुँदा सात लाखभन्दा बढीको क्षति

दमक, जेठ १७ । झापाको दमक–३ स्थित बेलडाँगीको भुटानी शरणार्थी शिविरमा आगलागी हुँदा तीन वटा छाप्रा पूर्ण रुपमा जलेको छ ।

आज बिहान भएको आगलागीले शरणार्थीका छाप्रा जल्दा सात लाखभन्दा बढीको धनजन क्षति भएको प्रहरीले जनाएको छ ।

बिहान २ः३० बजेतिर भएको आगलागीमा परेर सेक्टर ए वानका धनबहादुर माझीको दुई लाख ५० हजार, सुरज राईको दुई लाख ५० हजार र सुकमान राईको दुई लाख ५० हजार बराबरको धनमाल क्षति भएको दमक इलाका प्रहरी कार्यालयले जनएको छ ।

दमक लगरपालिकाको बारुणयन्त्र, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएकोे थियो । आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिकृयाहरु
Loading...