निजामती सेवाको आरक्षणमा अब महिलालाई ५० प्रतिशत

काठमाडौं, जेठ १७ । सरकारले निजामती सेवाको आरक्षणमा हेरफेर गर्ने तयारी गरेको छ ।

खुला प्रतिस्पर्धामा दिइएको ४५ प्रतिशत आरक्षण सिटमा आधा महिलाका लागि मात्र छुट्याइनेछ । त्यसमा महिला परीक्षार्थीहरुबीच क्लस्टर अनुसार प्रतिस्पर्धा हुनेछ ।

बाँकी आधामा पनि महिलाले पुरुषसँग प्रतिस्पर्धा गर्न पाउनेछन् । यो व्यवस्थाले आरणक्षबाट आउने निजामती कर्मचारीहरूमा महिलाको सहभागिता बढ्नेछ ।

यसअघि आरक्षणको ४५ प्रतिशतमा ६ क्लस्टर थियो, जसमा महिला ३३ प्रतिशत मात्र थियो । महिला क्लस्टरको आरक्षण रोज्नेले अरु क्लस्टरमा प्रतिस्पर्धा गर्न पाउँदैनथे ।

तर, मन्त्रिपरिषदमा विचाराधीन रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरुको व्यवस्था गर्न बनेको विधेयक’मा आरक्षण संरचना हेरफेरको प्रस्ताव गरिएको हो ।

विधेयकको दफा १२ मा भनिएको छ, ‘निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगितामार्फत पूर्ति हुने पद मध्ये ४५ प्रतिशत पद छुट्याई यो प्रतिशतलाई शत प्रतिशत मानी त्यसको ५० प्रतिशत पदमा पहिला मात्र र बाँकी ५० प्रतिशत पदमा आरक्षित पुरुष तथा महिलाबीच प्रतिपर्धा गराई पदपूर्ति गरिनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *