धादिङको बेनीघाटमा दुर्घटना चालक र सहचालकको मृत्यु

काठमाडौं, साउन ५ । धादिङको बेनीघाटमा बुधबार राति यात्रुबस पल्टिँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।   काठमाडौंबाट काकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख २२ ९३ नम्बरको बस गएराति १ बजे सडकबाट २० फिट तल खसेको थियो ।

दुर्घटनामा बसका चालक झापाको शिवसतासी नगरपालिका ६ का ३५ वर्षीय कमल ढुङ्गाना र सहचालक सोही ठाउँका २२ वर्षीय नवराज शिवाकोटीको घटनास्थल मै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ४ जनाको मलेखु अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *