गुल्मीको धुर्कोटमा बालिकाको शव फेला

गुल्मी, जेठ १७ । गुल्मीमा एक बालिकाको शव फेला परेको छ । गुल्मीको धुर्कोट गाउँपालिका–७ मा अन्दाजी १२ वर्षीय बालिकाको शव फेला परेको प्रहरीले बताएका छन् ।

सडेको अवस्थामा बालिकाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र शव पोष्टमाटमको लागि जिल्ला सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ ।

शव सडेकोले गर्दा पहिचान गर्न समस्या भएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + thirteen =