जाम्बियाका प्रथम राष्ट्रपति केननेथ काउन्डा अस्पतालमा भर्ना

काठमाडौं, साउन ५ । जाम्बियाका प्रथम राष्ट्रपति केननेथ काउन्डाको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना भएका छन् ।

९३ वर्षीय पूर्वराष्ट्रपति काउन्डा राजधानी लुकासास्थित युनिभर्सिटी टिचिङ अस्पतालमा भर्ना भएका हुन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको त्यहाँका स्वास्थ्यमन्त्री चितालु चिलुफीले जानकारी दिएका छन् ।

काउण्डा देशको स्वतन्त्रताका लागि लडेपछि सन् १९६४ देखि १९९१ सम्म जाम्बियाको राष्ट्रपति बनेका थिए । (एजेन्सी)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *