२३ वर्ष मुनिको एसियन फुटबल: सबै खेलमा नेपाल पराजित

काठमाडौं, साउन ५ । २३ वर्ष मुनिको एसियन फुटबल च्याम्पियनसिप छनोट चरणअन्तर्गत समूहका सबै खेलमा नेपाल पराजित भएको छ ।

युएईमा बुधबार राति भएको समुह ‘डी’ को अन्तिम खेलमा नेपाल लेबनानसँग २(० ले पराजित भयो । लेबनानका हासान कुरानीले दुई गोल गरेका हुन् ।

खेलको २८औं मिनेटमा पहिलो गोल खाएको नेपालले खेलको अन्तिम मिनेटमा समालिन नसक्दा दोस्रो गोल खान पुग्यो । बुधबार रातीको हारसँगै नेपालले प्रतियोगिताको सबै खेलमा हार वेहोर्दै अंकविहीन भएर घर फर्कियो । तीन खेलमा १० गोल खाएको नेपालले विपक्षी पोष्टमा एक गोल पनि गर्न सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *