हुलाकी राजमार्ग निर्माणका लागि साढे ५ अर्ब बजेट

काठमाडौ, जेठ १४ । सरकारले हुलाकी राजमार्गका लागि आगामी आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब ५० करोड रुपैयाँ बजेट छुट्याएको छ ।

नेपाल सरकारको २ अर्ब ६८ करोड र वैदेशिक अनुदानबाट २ अर्ब ६८ करोड रुपैयाँ खर्च गर्ने सरकारको योजना छ ।

सरकारले आयोजनाको निर्माणमा मात्रै ५ अर्ब २९ करोड रुपैयँ खर्च गर्ने लक्ष्य लिएको छ ।

चालु आर्थिक वर्षमा भने सरकारले यो आयोजनाका लागि ४ अर्ब २७ करोड रुपैयाँ छुट्याएको थियो ।

पृथ्वी राजमार्गको दक्षिणी क्षेत्रमा झापाको केचनाबाट सुरु भएर पश्चिममा कञ्चनपुरको दोधरा चाँदनीसम्म जोड्ने यो सडकको लागत २५ अर्ब अनुमान गरिएको छ । जसमा भारत सरकारले १२ अर्ब बराबरको अनुदान दिने घोषणा गरेको छ ।

सुरुमा यो आयोजना चालु आर्थिक वर्षमा नै निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको थियो । तर लक्ष्य अनुसार कार्यप्रगति हुन नसकेपछि अहिले यो आयोजना आर्थिक वर्ष २०७७/०७८ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

यो सडक १ हजार ६ सय ६३ किमी लामो हुनेछ । जसमा १ सय २५ वटा पुलहरुको निर्माण हुने सडक विभागले जानकारी दिएको छ ।

चालु आर्थिक वर्षमा यस सडकको ६७ किमी ग्राभेल गरिसकिएको सडक विभागले जानकारी दिएको छ ।

 

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *