वियरमा लुट, रक्सी चुरोटमा छुट !

काठमाडौँ, जेठ १६। सरकारले हिजो नयाँ बजेट पारित गरेको छ । सो पारित बजेट कतिलाई चित्त बुझेको छ भने धेरैजसोले टिकाटिप्पणी गरेका छन् । सोही बजेटमा सरकारले बियरमाथि लाग्दै आएको अन्तशुल्क ३० प्रतिशतले बृद्धि गर्ने घोषणा गरेको छ ।

अब प्रतिलिटर बियरको मूल्यमा झण्डै २२ रुपैयाँ बढी तिर्नुपर्ने छ । नेपालमा उत्पादन हुने बियरमा अहिले एक लिटरमा ११५ रुपैयाँ अन्तशुल्क लाग्दै आएकोमा ३० प्रतिशत बृद्धिपछि १५० रुपैयाँ पुगेको छ । यसले सरकारको राजश्वमा भारी बृद्धि भए पनि बियर उपभोक्ता र उद्योगहरु भने मारमा पर्ने देखिन्छ ।

अन्तःशुल्कमा बृद्धिले राम्रो बजार पाएका वियर उद्योगहरुको बजार विस्तारमा असर गर्ने देखिन्छ नयाँ उद्योगहरुको बजारमा बिस्तारमा असर गर्ने देखिन्छ ।

त्यस्तै सरकारले रक्सी र चुरोटमा २० प्रतिशत अन्तशुल्क वृद्धि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *