निर्वाचन अघिको घोषणापत्र एकातिर, बजेट अर्कोतिर

काठमाडौं, जेठ १६ । निर्वाचन अघि गरेको प्रतिवद्धताअनुसार नेपाल कम्युनिस्ट पार्टीले बहुमत प्राप्त गरे पनि घोषणापत्रमा अगाडि सारेका योजना बजेटमा समावेश हुन सकेनन् ।

निर्वाचनका क्रममा नेकपाले सामाजिक सुरक्षाभत्ता ५ हजार पुर्याउने घोषणा गरेको थियो । तर सरकारले ल्याएको बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि हुन सकेन ।

घोषणापत्रमा सबै वडा केन्द्रबाट आधा घण्टामा गाउँपालिका, नगरपालिकाको केन्द्र तथा त्यस्ता केन्द्रबाट अधिकतम दुई घण्टामा राजमार्गमा पुग्ने गरी आधुनिक सडक विकास गर्ने उल्लेख भए पनि बजेटमा समावेश हुन सकेको छैन ।

सडक पुर्याउन सम्भव नहुने उच्च हिमाली क्षेत्रका बस्तीलाई केबुलकारलगायतका वैकल्पिक यातायातबाट जोड्ने घोषणापत्रमा उल्लेख गरिए पनि बजेटको प्राथमिकतामा पर्न सकेन ।

रेलमार्ग निर्माण गर्ने विषयले बजेटमा प्राथमिकता पाए पनि पानीजहाजबाट नेपाललाई जोड्ने विषय भने बजेटमा समावेश हुन सकेन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =