आजका पत्रपत्रिकाका सम्पादकीय ‘सबैको साझा लक्ष्य समृद्धि’

काठमाडौं, जेठ १५ । कारोवार दैनिकले, नेपाल गणतन्त्रमा प्रवेश गरेको मंगलबार १३ बर्ष पुगेको छ ।
नवीन युग चेतना तथा छिमेकी देशलगायत विश्वको आर्थि सामाजिक विकास रंगीन काँचको पर्दामा देख्न थालेका नेपालीका लागि शदियौँदेखिको गरिबी तथा पछौटेपनबाट मुक्ति दिने तिलस्मी सपनाहरु आएको गणतन्त्रले किशोरवय टेकिसक्दा पनि आर्थिक विकास र समृद्धिको नारा मात्र सुन्नुपर्ने बाध्यताबाट नेपालीहरु मुक्ति हुन सकेका छैनन् ।, भन्दै ‘गणतन्त्र नेपाल र आर्थिक समृद्धिको सपना’ शिर्षकमा सम्पादकीय छापेको छ ।

यस्तै, सरकारले सार्वजनिक गरेको आर्थिक बर्ष २०७४, ०७५ को आर्थिक सर्वेक्षणले मुलुकको पुर्वाधार विकास र सामाजिक क्षेत्रको निराशाजनक तस्विर प्रस्तुत गरेको छ । जेठ १५ मा बजेट सार्वजनिक गर्नुअघि आईतार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणमा चित्रित आर्थिक स्थितिले राज्यको केन्द्रदेखि स्थानीय तहसम्मको अर्कर्मण्यता उजागर गरेको छ।, आजको नागरिक दैनिकमा  ‘निराशाजनक तस्विर’ शिर्षकमा सम्पादकीय छ ।

त्यस्तै, समृद्ध नेपाल र सुखी नेपालीको नारा अघि सारेको वर्तमान सरकारले आज मंगलबार मुलुकको बजेट सार्वजनिक गर्दै छ । अर्थतन्त्र धराशायी भएको स्वेतपत्र जारी गरेको अहिलेको सरकारले ल्याउन लागेको बजेटतर्फ सबैको चासो र आकर्षण बढेको अवस्था छ ।, आजको नेपाल समाचारपत्रमा ‘बजेटप्रति सर्वत्र चासो’ शिर्षकमा सम्पादकीय छापिएको छ ।

आज गणतन्त्र दिवस । २०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले राजतन्त्र अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको थियो ।
यही सन्दर्भमा यस बर्ष जेठ १४ देखि १६ गतेसम्म मुलुकभित्र र विदेशस्थित नेपाली दुतावास, नियोग र वाणिज्य दुतावासमा विविध कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाईँदैछ, आजको गोरखापत्र दैनिकले ‘सबैको साझा लक्ष्य समृद्धि’ शिर्षकमा सम्पादकीय लेखेको छ ।

र, दाङ शान्तिनगर गाउँपालिकाका दुई वडामा झडापखालाको प्रकोप नियन्त्रण गर्न मुस्किल पारिरहेको छ ।
दुषित पानीका कारण शनिबारबाट फैलिएको झाडापखालाले सताईका विरामीको संंख्या बढ्दै जनाँ स्थानीय वासिन्दा आतंकित छन् ।, भन्दै आजको कान्तिपुर दैनिकले ‘बर्खामा महामारीको जोखिम’ भन्ने शिर्षकमा सम्पादकी छापेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *