मोटरसाइकल दुघर्टनामा गायक शिव परियार घाइते, खतरामुक्त
२०७४ जेठ १५ गते

“
काठमाडौं, जेठ १३ । गायक शिव परियार दुर्घटनामा परेका छन् । राजधानीको बसुन्धारामा आइतबार बिहान भएको मोटरसाइकल दुघर्टनामा परियार घाइते भएका हुन् ।
उनले चलाएको बा ८० प ९९९८ नम्बर मोटरसाइकललाई पछाडिबाट आएको बा ७८ प ८५११ नम्बरको मोटरसाइकले ठक्कर दिएपछि दुर्घटना भएको हो ।
बसुन्धारा स्थित ग्रांडी अस्पतालमा उपचार गराइरहेका परियारको दाहिने खुट्टामा चोट लागेको बताइएको छ ।
उनको मोटरसाइलको पछाडी अर्का गायक कर्णराज गिरी समेत सवार थिए । गिरी भने सामान्य उपचारपछि घर फर्किने फर्किएको बताइएको छ । तर परियारले भने फेशबुकमा स्टाटस राख्दै आफु खतरामुक्त भएको बताएका छन् ।
यस्तो छ फेशबुक स्टाटस
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








