कांग्रेसका सिटौलाको टिप्पणी : ओलीको अहंकार पतनको संकेत

काठमाडौं,जेष्ठ १२ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले अहंकार देखाए भने उनको पतन हुने संकेत रहेको भन्दै टिपणी गरेका छन् । ओलीको हेपाहा प्रवृति बढेको हो भने उनको पतन अवश्यम्भावि रहेको सिटौलाको भनाई छ ।

शनिबार पत्रकारहरुसंग कुरा गर्दै सिटौलाले तीन तहका सरकारमा नीतिगत विसंगति सुरु भएको जनाएका छन् ।

सत्ताका कारण नीतिगत अराजकता बढेको औँल्याउँदै नेता सिटौलाले सरकारको नीतिगत अराजकता शिक्षा क्षेत्रबाट शुरू भएको दाबी गरेका छन् । नेकपा (विप्लव) को विद्रोह सरकारका लागि चुनौती हुँदै गएको पनि सिटौलाले बताएका छन् ।

संघीयताको संरचना अनुसार नेपाली कांग्रेसको संगठन नभएको बताउँदै सिटौलाले आफ्नै पार्टीभित्र समेत सांगठनिक विचलन आएको बताए।

उनले कांग्रेस पराजित भए पनि कार्यकर्ताहरु कांग्रेस छोड्ने मानसिकतामा नरहेको प्रष्टाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 13 =