बलात्कारी जाेगाउने प्रहरी उपरीक्षक माझी विभागीय कारवाहीमा

जेठ १०, काठमाडाैं । गत पुस १६ गते सुनसरीको इटहरी–२ हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षिया किशोरीलाई भएको बलात्कार काण्डमा अपराधीलार्इ संरक्षण गर्ने प्रहरी विभागीय कार्वाहीमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले १४ वर्षिया बालिका बलात्कार घटनालाई ढाकछोप गर्ने ततकालिन जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी प्रमुख विद्यानन्द माझी र इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई विभागीय कारबाही गरेकाे हाे ।

प्रधान कार्यालयले उक्त घटना छानबिन गर्न बनेको समितिको प्रतिवेदनका आधारमा प्रहरी उपरीक्षक माझी र प्रहरी निरीक्षक दाहाललाई विभागीय कारबाही गरेको हो।

प्रहरी प्रवक्ता एसएसपी शैलेस थापाका अनुसार एसपी माझीलाई रेकर्डमा जनिने गरी कारबाही गरेको हो। उनको एक वर्षको ग्रेड रोक्का गरिएको छ। भने, प्रहरी निरीक्षक दाहालको खाइपाई आएको तलब सुविधामा एक स्केल घटाइदिएको छ।

‘बलात्कार जस्तो जघन्य अपराधलाई ढाकछोप गर्ने प्रहरीलाई छुट दिन मिल्दैन,’ प्रवक्ता थापाले भने, ‘घटनाको अनुसन्धान गर्न बनेको समितिको सिफारिशमा प्रधान कार्यालयले उनीहरुलाई कारवाही गरेको हो।’

माझी गत मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ काे निर्वाचनमा तत्कालिन नेकपा एमालेकी उम्मेद्वार भगवती चाैधरीलार्इ पराजित गर्न खुलेर लागेका थिए ।

उनले साे क्षेत्रका केहि वुथ कब्जा गरेर कांग्रेसका उम्मेद्वार विजयकुमार गच्छदारलार्इ जिताउन सहयाेग गरेका थिए । भने, मतपत्र गणना गर्दा समेत गच्छदारले माझीकै अाड भराेसामा धाँधली गरेर निर्वाचन जितेका थिए ।

धाँधली गरेर निर्वाचन जितेकाे भन्दै एमालेकी उम्मेद्वार भगवती चाैधरीले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेकी छिन् । उक्त मुद्दाकाे वहस अाउँदाे असार ७ गते ताेकिएकाे छ ।

यसैगरी माघ पहिलो साता काठमाडौंको दरबारमार्गस्थित ल्याडमार्क होटलमा एक युवतीलाई सामूहिक बलात्कार गर्ने आरोपी भगाएको आरोप लागेका प्रहरीमाथि पनि प्रधान कार्यालयले छानबिन थालेको छ।

प्रहरी वृत्त दरबारमार्गका तत्कालीन प्रहरी निरीक्षक लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारीले घटनाका आरोपी भगाएको भन्दै निलम्बनमा परेका थिए।

घटनाका आरोपीसहित उनीहरूलाई प्रतीपक्ष बनाएर काठमाडौं प्रहरीले मुद्दा दायर गर्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा फाइल पठाएको थियो।

कार्यालयले घटनाका अन्य आरोपीलाई मुद्दा दायर गरेको र दुई प्रहरीलाई विभागीय कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + seven =